Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रास्वपाकाे महाधिवेशनमा सहभागी प्रतिनिधिले पाए सामग्रीसहितको झोला

रास्वपाकाे महाधिवेशनमा सहभागी प्रतिनिधिले पाए सामग्रीसहितको झोला

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनमा प्रतिनिधिहरूले मतदानकै दिन सामग्रीसहितको झोला प्राप्त गरेका छन्।

महाधिवेशनको चौथो दिन केन्द्रीय सदस्य पदका लागि मतदान भइरहेका बेला प्रतिनिधिलाई झोला वितरण गरिएको हो। झोलाभित्र क्याप, पेन, कपी र परिचयपत्रलगायतका सामग्री समावेश छन्।

महाधिवेशन सुरु भएको केही दिनपछि मात्र सामग्री वितरण गरिएको भन्दै प्रतिनिधिहरूले व्यवस्थापनप्रति असन्तुष्टि जनाएका छन्। उनीहरूले आयोजक पक्षको तयारी र व्यवस्थापन फितलो रहेको गुनासो गरेका छन्।