Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुनको मूल्यमा भारी गिरावट, तोलाको २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोवार

सुनको मूल्यमा भारी गिरावट, तोलाको २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोवार

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य उल्लेख्य रूपमा घटेको छ। एकै दिन सुनको भाउ तोलामा ३ हजार ६०० रुपैयाँले ओरालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घटेर प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन मंगलबार सुन प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन मंगलबारको तुलनामा १०५ रुपैयाँ कम हो। मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५९० रुपैयाँ रहेको थियो