चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी महाधिवेशनमा केन्द्रीय सदस्यका उमेदवारको प्रारम्भीक नामावली रुजु गर्ने काम भइरहेको छ ।
“प्रारम्भीक नामावली रुजु गर्ने प्रक्रियामा मै छौँ,” निर्वाचन आयोगका सदस्य सौरेन्द्र बहादुर शाहले भने, “आयोगले रातभर काम गरेको छ । प्रारम्भीक नामावली कतिबेला प्रकाशन हुन्छ भन्ने निश्चित छैन ।”
प्रारम्भीक नामावलीपछि उजुरी तथा दाबीविरोध तथा त्यसमा छानबिन हुनेछ । उमेदवारका लागि उमेदवारी फिर्ता लिने समय दिइनेछ । त्यसपछि अन्तिम नामावली प्रकाशन हुनेछ । अन्तिम नामावली प्रकाशनपछि मात्रै महाधिवेशन मतदानको चरणमा प्रवेश गर्नेछ ।
रास्वपाको सभापतिमा रवि लामिछाने मंगलबार नै निर्विरोध निर्वाचित भइसकेका छन् । सभापति पदमा रविको मात्रै उमेदवारी परेका कारण निर्वाचन आयोगले निर्विरोध घोषणा गरेको थियो ।