Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । विशेष अदालतले पूर्वउपप्रधानमन्त्री तथा पूर्वअर्थमन्त्री विष्णु प्रसाद पौडेल लाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

अदालतका सदस्य नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइराला सम्मिलित इजलासले सोमबारदेखि लागू हुने गरी उक्त आदेश दिएको हो।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा एमाले उपाध्यक्षसमेत रहेका पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको थियो। पक्राउपछि उनलाई स्थलमार्ग हुँदै काठमाडौं ल्याइएपछि मंगलबार विशेष अदालतमा उपस्थित गराइएको थियो।

अदालतको आदेशसँगै अब अनुसन्धान निकायले हिरासतमा राखेर थप अनुसन्धान अघि बढाउने भएको छ।