काठमाडौँ । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनका क्रममा सभापति रवि लामिछाने ले प्रतिनिधिहरूबाट लिइँदै आएको पाँच हजार रुपैयाँ शुल्क नलिने निर्णय गरेका छन्।
महाधिवेशन केही दिन लम्बिएको अवस्थालाई ध्यानमा राख्दै शुल्क अनिवार्य नरहने र पहिले नै रकम बुझाइसकेका प्रतिनिधिहरूले आवश्यक प्रक्रिया पूरा गरी फिर्ता लिन सक्ने व्यवस्था गरिएको पार्टीले जनाएको छ।
साथै, सहभागी प्रतिनिधिहरूको बसोबास र खानपिन व्यवस्थामा समस्या नहोस् भन्ने उद्देश्यले सहजीकरणका लागि सम्बन्धित निकायलाई सक्रिय बनाइएको छ। देशभरबाट आएका प्रतिनिधिहरू महाधिवेशनमा नेतृत्व चयन, संगठन सुदृढीकरण र आगामी राजनीतिक दिशाबारे छलफलमा सहभागी छन्।