Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

स्वास्थ्य मन्त्रीद्वारा देशभर जलन उपचार सेवा विस्तार, १८ अस्पतालमा विशेष युनिट सञ्चालन

स्वास्थ्य मन्त्रीद्वारा देशभर जलन उपचार सेवा विस्तार, १८ अस्पतालमा विशेष युनिट सञ्चालन

काठमाडौँ । सरकारले जलन उपचारलाई सर्वसुलभ र प्रभावकारी बनाउने लक्ष्यसहित देशभरका अस्पतालमा विशेष सेवा विस्तार गरेको छ। १०० दिने सरकारी प्रतिबद्धताअनुसार हाल १४ सङ्घीय र ४ प्रादेशिक अस्पतालमा जलन उपचारका लागि विशेष युनिट तथा वार्ड सञ्चालनमा आएका छन्।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार जलन उपचार सेवाको गुणस्तर सुधार गर्न १०९ स्वास्थ्यकर्मीलाई आधारभूत तथा २१७ जनालाई विशेष तालिम प्रदान गरिएको छ। यसबाट बिरामीले आफ्नै क्षेत्र नजिकका अस्पतालमा प्रारम्भिक तथा आवश्यक उपचार सेवा पाउने अपेक्षा गरिएको छ।

मन्त्रालयले जलनसँग सम्बन्धित प्लास्टिक सर्जरी र अन्य जटिल उपचारलाई ध्यानमा राख्दै छुट्टै अस्पतालभन्दा सुविधा सम्पन्न स्वास्थ्य संस्थाभित्र विशेष युनिट स्थापना गर्ने नीति अपनाएको जनाएको छ।

हाल कान्ति बाल अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, कोशी अस्पताल, नारायणी अस्पताल, भरतपुर अस्पताल, भेरी अस्पताल, डडेलधुरा अस्पताललगायतका प्रमुख स्वास्थ्य संस्थामा जलन उपचारका लागि छुट्टै वार्ड सञ्चालनमा छन्।