Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपालको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक शान्ति मिश्रको सम्मानमा विशेष हुलाक टिकट सार्वजनिक

नेपालको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक शान्ति मिश्रको सम्मानमा विशेष हुलाक टिकट सार्वजनिक

काठमाडौँ । हुलाक सेवा विभागले नेपालको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक स्वर्गीय शान्ति मिश्रको सम्मानमा विशेष हुलाक टिकट सार्वजनिक गरेको छ। मंगलबार आयोजित कार्यक्रममा सञ्चार सचिव लक्ष्मीकुमारी बस्नेत र हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले संयुक्त रूपमा मिश्रको तस्वीर अंकित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरे।

कार्यक्रममा बोल्दै सञ्चार सचिव बस्नेतले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयलाई दक्षिण एसियाकै प्रतिष्ठित पुस्तकालयका रूपमा स्थापित गराउन शान्ति मिश्रको महत्वपूर्ण योगदान रहेको बताइन्। उनले मिश्रलाई नेपालकी पहिलो महिला प्राध्यापक, पुस्तकालय विज्ञानकी अग्रणी व्यक्तित्व तथा महिला सशक्तीकरणकी प्रेरणादायी व्यक्तिका रूपमा स्मरण गरिन्।

महानिर्देशक पंगेनीले शान्ति मिश्रको योगदान भावी पुस्तासम्म पुर्‍याउन हुलाक टिकट प्रभावकारी माध्यम बन्ने विश्वास व्यक्त गरिन्। उनका अनुसार हुलाक टिकटले नेपालको इतिहास, सम्पदा र विशिष्ट व्यक्तित्वलाई विश्वसामु चिनाउने काम गर्छ।

विभागका अनुसार विश्वका विभिन्न देशमा पुग्ने उक्त टिकटमार्फत शान्ति मिश्रको योगदान अन्तर्राष्ट्रिय स्तरमा समेत परिचित हुने अपेक्षा गरिएको छ।

नेपालको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक शान्ति मिश्रको सम्मानमा हुलाक टिकट सार्वजनिक