काठमाडौँ । नवलपरासी प्रहरीले करिब २७ लाख २० हजार रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बर्दघाटको संयुक्त गस्ती टोलीले आइतबार राति बर्दघाट–११, गैडहास्थित भित्री सडक खण्डबाट लुकाइछिपाइ राखिएको अवस्थामा उक्त सामान फेला पारेको हो।
बरामद सामानमा ४७ कार्टुन मोबाइल टेम्पर ग्लास (२३ हजार ५०० थान) र हुक्कामा प्रयोग हुने फ्लेवरका ३२ कार्टुन (९८४ प्याकेट) रहेका छन्। प्रहरीले ती सामानको अनुमानित मूल्य २७ लाख १९ हजार ९८४ रुपैयाँ रहेको जनाएको छ।
प्रहरीले बरामद सामान आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाउने प्रक्रिया अघि बढाएको जनाएको छ।