काठमाडौँ । तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित गुम्बानजिक भएको टिपर दुर्घटनामा एक चालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार व्यास नगरपालिका–४ निवासी ३६ वर्षीय चुनु श्रेष्ठको उपचारका क्रममा पोखरास्थित सैनिक अस्पतालमा मृत्यु भएको हो। उनी ग१क ५४६६ नम्बरको टिपर चलाइरहेका थिए।
तीव्र गतिमा रहेको टिपर अनियन्त्रित भई दुर्घटनामा पर्दा श्रेष्ठ गम्भीर घाइते भएका थिए। दुर्घटनापछि उनलाई उपचारका लागि सैनिक अस्पताल पोखरा लगिएको थियो।
प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।