Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुनचाँदी बजारमा फेरि उकालो, तोलाको सुन २ लाख ८८ हजार ७ सय रुपैयाँ पुग्यो

सुनचाँदी बजारमा फेरि उकालो, तोलाको सुन २ लाख ८८ हजार ७ सय रुपैयाँ पुग्यो

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। लगातार बढ्दो प्रवृत्तिबीच सुनको भाउ प्रतितोला २ लाख ८८ हजार ७ सय रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १ हजार ४ सय रुपैयाँले बढेको हो। सोमबार सुन प्रतितोला २ लाख ८७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ। आज चाँदी प्रतितोला ४ हजार ७३० रुपैयाँमा कारोबार भइरहेको छ, जुन सोमबारको ४ हजार ६९० रुपैयाँभन्दा ४० रुपैयाँ बढी हो।