Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रास्वपाको बन्दसत्र सुरु हुँदै, को–को छन् प्रतिनिधि ? कस्तो बन्दै छ कार्यसमिति ?

रास्वपाको बन्दसत्र सुरु हुँदै, को–को छन् प्रतिनिधि ? कस्तो बन्दै छ कार्यसमिति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत आजबाट बन्दसत्र सुरु हुँदै छ । 

आइतबार उद्घाटन भएको महाधिवेशनको बन्दसत्र आजबाट सुरु हुन लागेको हो । बन्दसत्र उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ । 

आजको बन्दसत्रपछि भोलिबाट निर्वाचन प्रक्रिया सुरु हुनेछ । 

महाधिवेशनमा चार हजार २११ प्रतिनिधि सहभागी छन् । 

 को–को छन् प्रतिनिधि ? 
सात प्रदेश, प्रवास, समायोजन र मनोनयनबाट प्रतिनिधि चुनिएर आएका छन् । 

३३ देशका प्रवास सम्पर्क विभागबाट १७० जना, विधानअनुसार पार्टी सभापतिबाट १३८ जना र समूहगत रूपमा पार्टी प्रवेश गरेका १९२ जना प्रतिनिधि रहेका छन् । 

कोसी प्रदेशबाट ३६४, मधेसबाट ६३०, वाग्मतीबाट ७९४, लुम्बिनीबाट ६२१, गण्डकीबाट ४५४, कर्णालीबाट ३४३ र सुदूरपश्चिमबाट ५०५ जना प्रतिनिधि बन्दसत्रमा सहभागी हुनेछन् ।

महाधिवेशन प्रतिनिधिका रूपमा पालिका सभापति, क्षेत्रीय सभापति र उपसभापति, जिल्ला सभापतिसहित पाँचजना प्रतिनिधि रहेको छन् । प्रदेश समितिका सबै सदस्यहरू, प्रदेशस्तरीय विभाग, अनुशासन आयोग र सल्लाहकार परिषद्का पदाधिकारी पनि प्रतिनिधि आएका छन् ।

संघीय नेतृत्व मञ्चका सबै केन्द्रीय सदस्य, केन्द्रमा रहेका ३८ वटा विभागबाट ११–११ जनाका दरले सदस्य तथा केन्द्रीय निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगबाट ११–११ जनाको प्रतिनिधि छनोट भएर चितवन पुगेका छन् । 

प्रत्येक गाउँपालिकाबाट एकजना, नगरपालिकाबाट दुईजना, उपमहानगरपालिकाबाट तीनजना र महानगरपालिकाबाट चारजना प्रतिनिधि छन् । 

प्रदेश सम्पर्क विभागबाट तीन–तीनजना र जिल्ला सम्पर्क विभागबाट एक–एकजना प्रतिनिधि रहेका छन् । गत प्रतिनिधिसभा निर्वाचनमा रास्वपाका तर्फबाट पराजित  तथा समानुपातिक सूचीका व्यक्ति पनि प्रतिनिधि भएका छन् ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पराजित समानुपातिक  सूचीका र पार्टीमा सक्रिय व्यक्ति पनि प्रतिनिधि बनेर महाधिवेशन पुगेका छन् । केन्द्रीय समितिमा नरहेका प्रतिनिधिसभा सदस्य पनि महाधिवेशन प्रतिनिधि छन् ।

यस्तो छ बन्दसत्रको तालिका
बन्दसत्रमा सुरुमा अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत हुनेछ । रमाकान्त रिमालले प्रस्तुत गरेको प्रतिवेदनमा छलफल हुनेछ । 

कोषाध्यक्ष, लिमा अधिकारीले प्रस्तुत गर्ने आर्थिक प्रतिवेदनमा छलफल भएपछि महामन्त्री, कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन् । र, त्यसमा छलफल हुनेछ । 

पार्टी सहमहामन्त्रीले विधानमाथिको छलफल अगाडि बढाउने छन् । विधान पास भएपछि सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । त्यसमा छलफल भएसिछ पास हुनेछ 

महाधिवेशन-दोस्रो-दिनको-कार्यक्रम-तालिका-असार-८-गते-(1)-1782090637.pdf :To download file click here