Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सिमा विवादमा बोल्दै बालेन: "कालापानी–लिपुलेकका प्रमाण हामीसँग छन्"

सिमा विवादमा बोल्दै बालेन: "कालापानी–लिपुलेकका प्रमाण हामीसँग छन्"

काठमाडौँ । प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह ले सीमा विवादका विषयमा नेपालसँग पर्याप्त प्रमाण रहेको दाबी गर्दै आफ्नो राष्ट्रियतामाथि कुनै शंका नगर्न आग्रह गरेका छन्।

चितवनमा आयोजित रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै शाहले कालापानी–लिपुलेक मुद्दामा ऐतिहासिक प्रमाण संकलन गर्ने सन्दर्भमा ब्रिटिसकालीन दस्तावेज ल्याउने कुरा गरिएको भए पनि ब्रिटेनलाई मध्यस्थकर्ता बनाउन खोजिएको भन्ने आरोप गलत रहेको बताए।

“हामीसँग कालापानी–लिपुलेकका प्रमाण छन्। थप प्रमाणका लागि ब्रिटिसकालीन अभिलेख ल्याउने भनेका हौँ, ब्रिटिसलाई मध्यस्थकर्ता बनाउने होइन,” उनले स्पष्ट पारे।

सीमा विवाद संवेदनशील विषय भएकाले छिमेकी मुलुकसँग संवाद गर्दा प्रतिक्रिया आउनु स्वाभाविक रहेको उल्लेख गर्दै शाहले अन्ततः वार्तामार्फत समाधान खोजिने बताए।

सम्बोधनका क्रममा उनले राजनीतिक नेतृत्वको आधार समूह निर्माण नभई जनताको विश्वास र समर्थन हुनुपर्ने धारणा पनि राखे। साथै, वर्तमान निर्वाचनमा गरेका प्रतिबद्धता यही पाँच वर्षभित्र पूरा गर्ने र आगामी चुनावमा नयाँ एजेण्डासहित जनतामाझ जाने प्रतिबद्धता व्यक्त गरे।