Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रास्वपा महाधिवेशनका लागि भरतपुर पुगे प्रधानमन्त्री शाह

रास्वपा महाधिवेशनका लागि भरतपुर पुगे प्रधानमन्त्री शाह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह आज भरतपुर आइपुगेका छन्।

उनी काठमाडौंबाट बुद्ध एयरको विमानमार्फत भरतपुर अवतरण गरेका हुन्। विमानस्थलबाट बाहिरिने क्रममा शाह छोरीलाई बोकेको अवस्थामा देखिएका थिए भने उनकी पत्नी सविना काफ्ले पनि सँगै थिइन्।

भरतपुर पुगेपछि शाह सीधै लटौली रिसोर्ट पुगेका छन्। सुरक्षा स्रोतका अनुसार केही समय विश्राम गरेपछि उनी महाधिवेशन उद्घाटन कार्यक्रममा सहभागी हुने तयारीमा छन्।

प्रधानमन्त्री शाहको उपस्थितिले रास्वपाको प्रथम महाधिवेशनलाई थप महत्वका साथ हेरिएको छ।