Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बालेन सरकारद्वारा पाथीभरा केवलकार विवाद टुंग्याउन सात सदस्यीय कार्यदल

बालेन सरकारद्वारा पाथीभरा केवलकार विवाद टुंग्याउन सात सदस्यीय कार्यदल

काठमाडौँ । मुक्कुम्लुङ पाथीभरा केवलकार परियोजनालाई लिएर लामो समयदेखि जारी विवाद समाधानका लागि सरकारले सात सदस्यीय कार्यदल गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवस्तरीय निर्णयअनुसार गठित कार्यदलको संयोजकमा विश्व राई नियुक्त हुनुभएको छ।

कार्यदललाई केवलकार निर्माणसँग सम्बन्धित विवाद, असन्तुष्टि र अन्य समस्याको अध्ययन गरी समाधानका उपायसहित १५ दिनभित्र सुझाव प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।

कार्यदलमा पूर्वाधार विकास मन्त्रालयका प्राविधिक प्रतिनिधि, केवलकार निर्माणको विरोध गर्ने पक्षका प्रतिनिधि, पाथीभरा क्षेत्र विकास समितिका सदस्य, निर्माण कम्पनीका प्रतिनिधि, गृह मन्त्रालयका उपसचिव तथा प्रधानमन्त्री सचिवालयका प्रतिनिधि समावेश छन्।

सरकारले सबै सरोकारवाला पक्षको सहभागितामार्फत सहमतिमा आधारित समाधान खोज्ने उद्देश्यले कार्यदल गठन गरेको जनाएको छ।