Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रास्वपा महाधिवेशनमा पाँच प्रतिवेदन प्रस्तुत हुने,  करिब २५ सय प्रतिनिधि सहभागी हुँदै

रास्वपा महाधिवेशनमा पाँच प्रतिवेदन प्रस्तुत हुने,  करिब २५ सय प्रतिनिधि सहभागी हुँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा पाँच वटा महत्वपूर्ण प्रतिवेदन प्रस्तुत गरिने भएको छ। चितवनमा आइतबारदेखि सुरु हुने महाधिवेशनमा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यसूची तय गरिएको छ।

महामन्त्री भूपदेव शाहका अनुसार सांगठनिक प्रतिवेदन महामन्त्रीद्वय कवीन्द्र बुर्लाकोटी र भूपदेव शाहले संयुक्त रूपमा प्रस्तुत गर्नेछन्। त्यसैगरी कोषाध्यक्ष लिमा अधिकारीले लेखा प्रतिवेदन, निर्वाचन आयोग प्रमुख भुवन केसीले निर्वाचन प्रतिवेदन तथा अनुशासन आयोग प्रमुख रमाकान्त रिमालले अनुशासनसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नेछन्।

असार ७ देखि ९ गतेसम्म चितवनमा हुने महाधिवेशनमा करिब २ हजार ५ सय प्रतिनिधिको सहभागिता रहने जनाइएको छ। तीमध्ये करिब २ सय प्रतिनिधि विदेशबाट सहभागी हुनेछन्।

रास्वपाले महाधिवेशनको उद्घाटन सत्रका लागि देशका अधिकांश राजनीतिक दललाई समेत निमन्त्रणा दिएको जनाएको छ।