Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा १० हजार ५०० रुपैयाँ घट्यो

सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा १० हजार ५०० रुपैयाँ घट्यो

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ एकैदिन तोलामा १० हजार ५०० रुपैयाँले घटेर दुई लाख ८६ हजार ७०० रुपैयाँ कायम भएको छ।

यसअघि बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। सुनसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ।

महासंघका अनुसार चाँदीको मूल्य तोलामा ३०५ रुपैयाँले घट्दै प्रतितोला चार हजार ६४० रुपैयाँमा झरेको छ। बिहीबार चाँदी प्रतितोला चार हजार ९४५ रुपैयाँमा खरिद–बिक्री भएको थियो।