Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

गृहमन्त्री सुदन गुरुङको घोषणा : "विपदको नाममा म राज्यकोषको खर्च गरेर हेलिकप्टर चढ्दिन"

गृहमन्त्री सुदन गुरुङको घोषणा : "विपदको नाममा म राज्यकोषको खर्च गरेर हेलिकप्टर चढ्दिन"

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा परम्परागत ढिलासुस्ती अन्त्य गर्दै पूर्वतयारीलाई प्राथमिकतामा राख्न सुरक्षा निकायका प्रमुखहरूलाई कडा निर्देशन दिएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज बसेको विशेष बैठकमा उनले विपद् आइसकेपछि मात्र उद्धार र राहतमा केन्द्रित हुने पुरानो अभ्यासले अपेक्षित परिणाम दिन नसकेको भन्दै अब जोखिम पूर्वानुमान र पूर्वतयारीमै जोड दिनुपर्ने बताए।

‘हामी सधैँ विपद् आइसकेपछि मात्र सक्रिय हुन्छौं, अब यो प्रवृत्ति बदल्नुपर्छ,’ उनले बैठकमा भने।

गृहमन्त्री गुरुङले विपद्का नाममा राज्य स्रोतको दुरुपयोग रोक्न पनि कडाइ गरिने स्पष्ट पारे। विगतमा बाढी–पहिरो प्रभावित क्षेत्रको निरीक्षणका नाममा अनावश्यक हेलिकप्टर प्रयोग भएको उल्लेख गर्दै उनले वर्तमान सरकारका मन्त्रीहरूलाई राज्यको सम्पत्ति जथाभावी प्रयोग नगर्न निर्देशन दिए।

उनले आफू स्वयं पनि अनावश्यक रूपमा हेलिकप्टर प्रयोग नगर्ने घोषणा गर्दै उद्धार कार्य र सुरक्षा निकायबाहेक अन्य प्रयोजनका लागि हेलिकप्टर प्रयोगमा कडाइ गरिने बताए। विपद् व्यवस्थापनका नाममा हुने सबै गतिविधि व्यवस्थित, पारदर्शी र जिम्मेवार बनाइने उनको भनाइ छ।