Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ताप्लेजुङमा पहिलोपटक प्रदेशस्तरीय अलैँची महोत्सव हुँदै

ताप्लेजुङमा पहिलोपटक प्रदेशस्तरीय अलैँची महोत्सव हुँदै

काठमाडौँ । अलैँची खेतीको प्रवर्द्धन र बजारीकरणलाई टेवा पुर्‍याउने उद्देश्यले ताप्लेजुङमा पहिलोपटक प्रदेशस्तरीय अलैँची महोत्सव आयोजना हुने भएको छ। महोत्सव असार १२ र १३ गते आठराई त्रिवेणी गाउँपालिकामा सञ्चालन हुनेछ।

मूल समारोह समितिका संयोजक बालचन्द्र आङ्बुहाङका अनुसार आठराई त्रिवेणी गाउँपालिका र कृषि ज्ञान केन्द्र ताप्लेजुङको आर्थिक सहयोगमा महोत्सव आयोजना गर्न लागिएको हो।

महोत्सवमा अलैँचीका बोटबिरुवा तथा फलफूल प्रदर्शनी, अलैँचीबाट तयार गरिएका खाद्य सामग्री प्रदर्शन, उत्कृष्ट र कमजोर अलैँची बगानको अवलोकन तथा प्रदर्शनी गरिनेछ।

यस्तै, अलैँची किसान कार्यशाला, व्यवसायी तथा खरिदकर्ता–बिक्रेताबीच अन्तरक्रिया, साथै आधुनिक खेती प्रविधि र बजार विस्तारका विषयमा विज्ञहरूसँग छलफल कार्यक्रम पनि समावेश गरिएको छ।

ताप्लेजुङको प्रमुख नगदेबालीका रूपमा रहेको अलैँची हाल जिल्लामा करिब ३ हजार ७०० हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ।