Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

समस्याग्रस्त दुई सहकारीका १३२ ऋणीको नाम सार्वजनिक, ऋण चुक्ता गरेकालाई प्रमाण पेश गर्न आग्रह

समस्याग्रस्त दुई सहकारीका १३२ ऋणीको नाम सार्वजनिक, ऋण चुक्ता गरेकालाई प्रमाण पेश गर्न आग्रह

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित दुई सहकारी संस्थाका १३२ जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ।

समितिका अनुसार हाम्रो नयाँ कृषी सहकारी संस्था लिमिटेडका १२ जना र कृषी विकास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका १२० जना गरी कुल १३२ ऋणीको विवरण सार्वजनिक गरिएको हो। यो निर्णय २०८३ वैशाख २३ गतेको बैठकबाट गरिएको समितिले जनाएको छ।

उपलब्ध अभिलेख तथा ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरिएको उल्लेख गर्दै समितिले ऋण चुक्ता गरिसकेका तर सूचीमा नाम परेका व्यक्तिहरूलाई आवश्यक प्रमाणसहित कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ।

यस्तै, ऋण तिर्न बाँकी रहेका ऋणीहरूलाई तत्काल समितिको कार्यालयमा सम्पर्क गरी बक्यौता रकम भुक्तानी गर्न सूचित गरिएको छ। अन्यथा प्रचलित कानुनबमोजिम असुली प्रक्रिया अघि बढाइने चेतावनी पनि दिइएको छ।

समितिले बचतकर्ताको हित संरक्षण तथा सहकारीको बक्यौता रकम असुली प्रक्रियालाई प्रभावकारी बनाउन ऋणीहरूको विवरण सार्वजनिक गरिएको जनाएको छ।

ऋणीहरूको विवरण :

https://www.coopmc.gov.np/content/13269/list-of-debtors-of-our-new-agriculture/