Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बालुवाटारस्थित मारिया अस्पताल सिल, गैरकानुनी रूपमा सञ्चालन भएको खुलासा

बालुवाटारस्थित मारिया अस्पताल सिल, गैरकानुनी रूपमा सञ्चालन भएको खुलासा

काठमाडौँ । बालुवाटारस्थित मारिया अस्पताल (मारिया हेल्थ सेन्टर प्रालि) गैरकानुनी रूपमा सञ्चालन भएको पाइएपछि सिलबन्दी गरी बन्द गरिएको छ।

नेपाल मेडिकल काउन्सिलको अनुगमनका क्रममा आवश्यक अनुमति बिना अस्पताल सञ्चालन गरिएको पुष्टि भएपछि संस्थालाई तत्कालका लागि बन्द गरिएको काउन्सिलका निमित्त रजिष्ट्रार डा. दीपेन्द्र पाण्डेले जानकारी दिए।

काउन्सिलले अस्पतालका सञ्चालकमाथि कानुनी कारबाही अघि बढाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौँलाई पत्राचार गरेको जनाएको छ।

यस्तै, आवश्यक अनुमति र क्लिनिकल मापदण्ड पूरा नगरी चिकित्सा अभ्यासमा संलग्न तीन चिनियाँ नागरिकको चिकित्सक अभ्यास अस्थायी दर्ता पनि निलम्बन गरिएको छ।

अस्पतालको बोर्डमा नाम राखी आचारसंहिता उल्लङ्घन गरेको आरोपमा संलग्न नेपाली चिकित्सकलाई समेत निर्धारित समयभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको काउन्सिलले जनाएको छ।