Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बालेनलाई लक्षित गर्दै हर्कले भने - कतै तिमी लेन्डुप त होइनाैँ ?

बालेनलाई लक्षित गर्दै हर्कले भने - कतै तिमी लेन्डुप त होइनाैँ ?

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशको सीमा गुम्न लाग्दा विरोधको सीमाको कुरा गरिएको भन्दै आक्रोश पोखेका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, 'देशको सिमा गुमाउन खोज्ने प्रधानमन्त्रीको विरोध गर्दा विरोधको सीमा देखाउने तिमी को हौ ? देशको सीमा गुम्न लाग्दा विरोधको सीमाको कुरा गर्ने लेन्डुप त होइनौँ ?'

बुधबारको प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीबाहेका विपक्षी दलहरूले अवरोध गरेका थिएनन् । साम्पाङलगायत श्रम संस्कृतिका सांसदहरूले विरोध जनाउँदै गर्दा सभामुख डीपी अर्यालले विरोधको सीमा हुने बताएका थिए । 

साम्पाङले सोही विषयमा प्रश्न गरेको अनुमान गर्न सकिन्छ । 

स्मरणीण छ कि सिक्किम स्वतन्त्र देशबाट भारतमा प्रदेशको रूपमा गाभिँदाका एक निर्णायक पात्र  थिए काजी लेन्डुप दोर्जे । उनी सिक्किमलाई सन् १९७५ अर्थात् ठीक ५१ वर्षअगाडि विवादित जनमतसंग्रहबाट भारतको २२ औँ राज्यको रूपमा गाभिएपछिका मुख्यमन्त्री भएका थिए ।

भारतमा गाभिएपछि मुख्यमन्त्री पाँच वर्ष भएका उनी पछि सिक्किमको राजनीतिबाट पलाएन भएका थिए ।