काठमाडौँ । सरकारले जेठ २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुद मन्त्री सस्मित पोखरेलले सञ्चारकर्मीमाझ बैठकका प्रमुख निर्णयहरू जानकारी गरेएका हुन् ।
जेठ २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः
१. तल्लो अरुण जलविद्युत आयोजना, लोवर न्यादी खोला जलविद्युत आयोजना, घुन्सा खोला जलविद्युत आयोजना र तादी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने ।
२. निजामती सेवा (सोह्रौं संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने ।
३. श्री विशाल कुमार भण्डारी, दोलखाको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको नौ सदस्यीय तदर्थ समिति गठन गर्ने ।
४. पूर्व गृह मन्त्री एवं प्रतिनिधिसभा सदस्य माननीय सुधन गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेश गरेको प्रतिवेदन ग्रहण गर्ने ।