काठमाडौँ । तारकेश्वरमा श्रीमतीको हत्या प्रकरणमा ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापा मगरसहित चार जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार जेठ २२ गते राति तारकेश्वर नगरपालिका–६ पैंयुटारमा घरायसी विवादका क्रममा ३८ वर्षीय थापा मगरले आफ्नी श्रीमती ईश्वरी भुजेलमाथि चक्कु प्रहार गरेका थिए।
गम्भीर घाइते भुजेललाई प्रारम्भिक उपचारपछि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा थापा मगरसहित चार जनालाई नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।