Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रविको भ्रमणपछि मोदीले फेरि भने : आपसी हितमा नेपालसँग सहकार्य प्रतिबद्ध छु

रविको भ्रमणपछि मोदीले फेरि भने : आपसी हितमा नेपालसँग सहकार्य प्रतिबद्ध छु

काठमाठौं । भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री नरेन्द्र मोदी नेपालसँग सहकार्यका लागि प्रतिबद्ध रहेको बताएका छन्। परराष्ट्रमन्त्री शिशिर खनाललाई नयाँ दिल्लीमा स्वागत गर्नेक्रममा संक्षिप्त मन्तव्य राख्दै जयशंकरले यसबारे जानकारी गराएका हुन् ।   

दुई देशहरूको पारस्परिक प्रगति, समृद्धि र कल्याणको लागि नेपालसँग काम गर्ने भारतको चाहानामा प्रधानमन्त्री नरेन्द्र मोदी प्रतिबद्ध रहेको जयशंकरले बताए । ‘म निकै स्पष्ट  र खुलस्त ढंगले कुरा राख्छु । नेपाल र भारतको आपसी हित र प्रगतिमा सहकार्य गर्नका निम्ति भारतीय प्रधानमन्त्री मोदी प्रतिबद्ध हुनुहुन्छ,’ उनले भने । 

नयाँ सरकारसँग सहकार्यका विषयमा प्रधानमन्त्री मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि छलफल गरेको उनले बताए ।

रविको भ्रमणपछि दुई मुलुकको राजनीतिक सम्बन्ध थप सुदृढ हुने विश्वास रहेको उनले बताए । जयशंकरले नयाँ सरकारको सफलताको शुभकामना पनि दिएका छन् ।