Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

हर्क साम्पाङ्गलाई कारबाही गर्छौ,सबैलाई लाग्ने नियम एकै हो :कोशी प्रदेश ट्राफिक

हर्क साम्पाङ्गलाई कारबाही गर्छौ,सबैलाई लाग्ने नियम एकै हो :कोशी प्रदेश ट्राफिक

काठमान्डौ, श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य (सांसद) हर्क साम्पाङ (राई) लाई ट्राफिक नियम उल्लंघन गरेको कसुरमा कारबाही गर्न निर्देशन दिइएको छ। कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (SP) दीपक गिरीले नियम उल्लंघन गरेको भन्दै धरानस्थित ट्राफिक कार्यालयलाई आवश्यक कारबाही अगाडि बढाउन निर्देशन दिनुभएको हो।

कोशी प्रदेश ट्राफिक प्रमुख गिरीका अनुसार पूर्वमेयर समेत रहेका साम्पाङले ट्राफिक नियमविपरीत सवारी चलाएको स्पष्ट भिडियो प्रमाण फेला परेकाले कारबाहीको तयारी भइरहेको छ।

भिडियो बनाएर आफैं गरे डिलेट
केही दिनअघि उनले एक हातले मोटरसाइकलको ह्यान्डल समातेर र अर्को हातले मोबाइलबाट भिडियो खिच्दै मोटरसाइकल चलाएका थिए। उक्त लापरबाहीपूर्ण तरिकाले चलाइएको भिडियो उनले आफैं सामाजिक सञ्जालमा अपलोड गरेका थिए। तर, चौतर्फी आलोचना भएपछि उनले सो भिडियो केही समयमै सामाजिक सञ्जालबाट हटाएका (डिलेट गरेका) थिए।

दुर्घटनामा परेर हातमा चोट

गुडिरहेको मोटरसाइकलमा एक हातले मोबाइल चलाउँदा साम्पाङ दुर्घटनामा समेत परेका छन्। सोही लापरबाहीका कारण मोटरसाइकल दुर्घटना हुँदा उनको हातमा चोट लागेको छ।

"उहाँले ट्राफिक नियम तोडेको भिडियो नै सुरक्षित छ, कानुन सबैका लागि बराबर हुने भएकाले कारबाहीको तयारीमा छौं," कोशी प्रदेश ट्राफिक प्रहरीले जनाएको छ। देशको नीति निर्माण गर्ने तह (संसद) मा पुगेका जिम्मेवार जनप्रतिनिधि र राजनीतिक दलका प्रमुखबाटै यसरी नियम मिचेर दुर्घटना निम्त्याएपछि यतिबेला उनको सर्वत्र आलोचना भइरहेको छ।