Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कांग्रेसले थप्यो क्रियाशील सदस्यता अद्यावधिकको समय

कांग्रेसले थप्यो क्रियाशील सदस्यता अद्यावधिकको समय

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकका लागि समय थप गरेको छ । जेठ २८ गतेसम्मका लागि समय थप गरिएको नेपाली कांग्रेस सदस्यता व्यवस्थापन समिति संयोजक तथा महामन्त्री प्रदीप पौडेलले जानकारी दिएका छन् । 

नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बिहीबार बसेको बैठकले पछिल्ला दिनमा क्रियाशील सदस्यता अद्यावधिकको कार्य देशभर उत्साहजनक रूपमा अगाडि बढिरहेको निष्कर्ष निकालेको थियो । 

पार्टीका विभिन्न तहहरूबाट सदस्यता अद्यावधिकका लागि समय अपुग भएको आएको भन्दै क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय अन्तिमपटकका लागि जेठ २८ गते राति १२ बजेसम्म कायम गर्ने बैठकले निर्णय गरेको छ । 

उक्त अवधिभित्र आ–आफ्नो सदस्यता अद्यावधिक कार्य अनिवार्य रूपमा सम्पन्न गर्न महामन्त्री पौडेलले आग्रह गरेका छन् ।