Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

टिकटक स्टार तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

टिकटक स्टार तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

काठमाडौँ । ललितपुर जिल्ला अदालतले टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। बिहीबार न्यायाधीश टेकनाथ गौतमको इजलासले दुवै पक्षका बहस सुनेपछि यस्तो निर्णय गरेको हो।

सरकारी पक्षबाट तीन जना कानुन व्यवसायीले जवाफी बहस गरेका थिए भने प्रतिवादीतर्फ आठ जना वकिलहरूले बहस गरेका थिए। अधिकारीलाई इन्टरपोलको सहयोगमा थाइल्यान्डबाट पक्राउ गरी जेठ १७ गते नेपाल ल्याएर अदालतमा उपस्थित गराइएको थियो।

उनीविरुद्ध सम्पत्ति शुद्धीकरण, ठगी र आपराधिक लाभसम्बन्धी मुद्दा दायर गरिएको छ। ललितपुरका एक व्यवसायीले दिएको उजुरीका आधारमा करिब ६ करोड ५२ लाख रुपैयाँभन्दा बढीको ठगी आरोप लागेको छ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) सुनवल नगरपालिका–६ की स्थायी बासिन्दा अधिकारीलाई आपराधिक विश्वासघात र आर्थिक अनियमिततासम्बन्धी आरोपमा पक्राउ गरिएको हो।