काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका १०० जना ऋणीको नामावली सार्वजनिक गरेको छ। समितिको २०८३ जेठ २० गतेको निर्णयअनुसार ऋण विवरणका आधारमा उक्त सूची सार्वजनिक गरिएको हो।
समितिले यसअघि नै ऋण चुक्ता गरिसकेका तर सार्वजनिक नामावलीमा नाम समावेश भएका व्यक्तिहरूलाई आवश्यक प्रमाणसहित कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ। साथै, बाँकी ऋण तिर्नुपर्ने ऋणीहरूलाई यथाशीघ्र सम्पर्क गरी दायित्व पूरा गर्न सूचित गरिएको छ।
निर्धारित समयभित्र ऋण चुक्ता नगरेमा प्रचलित कानुनबमोजिम असुली प्रक्रिया अघि बढाइने समितिले जनाएको छ। बचतकर्ताको रकम फिर्ता गराउने र उनीहरूको हित संरक्षण गर्ने उद्देश्यले ऋणीहरूको विवरण सार्वजनिक गरिएको समितिको भनाइ छ।
कान्तिपुर सहकारीका १०० ऋणीको नामावली यस प्रकार छ :
https://www.coopmc.gov.np/content/13264/kantipur-list-of-100-debtors/