Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

जेनजी आन्दोलनका क्रममा शीतल निवासबाट हात्तीका दाह्रा चोरी प्रकरणमा ५ जना पक्राउ

जेनजी आन्दोलनका क्रममा शीतल निवासबाट हात्तीका दाह्रा चोरी प्रकरणमा ५ जना पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा राष्ट्रपति कार्यालय शीतल निवासबाट हात्तीका दाह्रा चोरी गरेको आरोपमा ५ जना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मनमैजु र आसपासका क्षेत्रमा सञ्चालन गरेको अनुसन्धानपछि उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेकामध्ये केहीले चोरी गरिएका दाह्रा टुक्रा पारी विभिन्न स्थानमा लुकाएर राखेको पाइएको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा राष्ट्रपति निवास परिसरमा सजाएर राखिएका हात्तीका दाह्रा आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीको मौकामा चोरी भएको खुलेको छ। करिब ९ महिनापछि दाह्रासहित अभियुक्तहरू पक्राउ परेका हुन्।

प्रहरीका अनुसार उनीहरूमाथि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन र लागूऔषध सम्बन्धी कसुरमा समेत अनुसन्धान भइरहेको छ।