काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच बुधबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता भएको छ।
भेटवार्तामा नेपाल–भारत सम्बन्ध, आपसी सहयोग तथा द्विपक्षीय हितका विषयमा छलफल भएको बताइएको छ। दुवै नेताबीचको यो भेटलाई राजनीतिक रूपमा महत्वपूर्ण रूपमा हेरिएको छ।