झापा - बिर्तामोडका युवा व्यवसायी टीका बराल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उद्योग तथा वाणिज्य विभाग सदस्य पदमा मनोनीत भएका छन्। रास्वपाको प्रदेश कार्य समिति, कोशी प्रदेशले जारी गरेको मनोनयन पत्रमार्फत बराललाई उक्त जिम्मेवारी प्रदान गरिएको हो।
पार्टीका प्रदेश महामन्त्री लाल विक्रम थापाद्वारा हस्ताक्षरित पत्रमा बराललाई उद्योग तथा वाणिज्य विभागको सदस्य पदमा मनोनीत गरिएको उल्लेख गरिएको छ। पार्टीले बरालले आफ्नो नयाँ जिम्मेवारी पार्टीको विधान, नीति, सिद्धान्त तथा विभागीय नियमावली र कार्यविधिअनुसार कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ।
झापाको व्यवसायिक क्षेत्रमा सक्रिय युवा व्यवसायीका रूपमा परिचित बरालको मनोनयनले उद्योग, व्यापार तथा उद्यमशीलतासँग सम्बन्धित विषयमा पार्टीको संगठनात्मक गतिविधिलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। बरालले आफूलाई प्रदान गरिएको जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्दै व्यवसायी तथा उद्यमीहरूको हकहितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।