Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

दिल्लीमा रवि लामिछानेको हाइप्रोफाइल भेटघाट : आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता !

दिल्लीमा रवि लामिछानेको हाइप्रोफाइल भेटघाट : आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता !

काठमाडौं । सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को निम्तोमा पाँचदिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आज प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने भएका छन्। 

दिल्ली भ्रमणका क्रममा रेडकार्पेट र फूलमालासहितको स्वागत पाएका लामिछानेले मंगलबार मात्रै भाजपाका अध्यक्ष नीतिन नवीन, विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका थिए।

भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यका विषयमा विचारविमर्श भएको बताइएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले सीमाबारे संसद्मा बोलेको विषय विवादित भइरहेका बेला सत्तारुढ पार्टी सभापति रविलाई भाजपाले दिएको सम्मानपछि विभिन्न राजनीतिक टीकाटिप्पणी हुन थालेका छन्। 

भारतले प्रधानमन्त्री शाहबाट व्यक्त नेपालले भारतको सीमा मिचेको भन्ने विवादित भनाइ सही भएको र कालापानी, लिम्पियाधुरालगायत सीमाबारे तेस्रो पक्षसँगको उठबस ठाडै अस्वीकार गरेको छ।