Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नागरिकता प्रकरणमा पक्राउ परेका वीरगन्ज मेयर राजेशमान सिंह ४ लाख १५ हजार धरौटीमा रिहा गर्न आदेश

नागरिकता प्रकरणमा पक्राउ परेका वीरगन्ज मेयर राजेशमान सिंह ४ लाख १५ हजार धरौटीमा रिहा गर्न आदेश

काठमाडौँ । झुटा विवरण पेश गरी अर्काकी छोरीलाई नागरिकता र राहदानी दिलाएको आरोपमा पक्राउ परेका वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई पर्सा जिल्ला अदालतले ४ लाख १५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

पर्सा जिल्ला अदालतका मुख्य न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले लेखत सम्बन्धी कसुरमा ४ लाख रुपैयाँ र झुटा विवरण पेश गरी नागरिकता दिलाएको अभियोगमा १५ हजार रुपैयाँ धरौटी माग गरेको हो।

मंगलबार बिहान ठोरी गाउँपालिकाबाट पक्राउ परेका सिंहलाई प्रहरीले बयानका लागि जिल्ला सरकारी वकिल कार्यालयमा उपस्थित गराएको थियो। बयानपछि अदालतमा भएको थुनछेक बहसमा दुवै पक्षका कानुन व्यवसायीको तर्क सुनेपछि अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको हो।

अदालतका अनुसार तोकिएको धरौटी रकम नगद वा कानुनी जमानत दाखिला गरेपछि सिंहलाई रिहा गर्न सकिनेछ। मेयर सिंह पक्षले धरौटी रकम नगदै बुझाउने जानकारी अदालतलाई दिएको बताइएको छ।