काठमाडौँ । रास्वपाले केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा भुवन केसीलाई मनोनयन गरेको छ।
यसअघि आयोगको सदस्यको रूपमा कार्यरत केसीलाई पार्टीको केन्द्रीय सचिवालय बैठकले प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो।
पार्टीले आन्तरिक निर्वाचन तथा संगठनात्मक प्रक्रियालाई प्रभावकारी बनाउन केसीलाई उक्त जिम्मेवारी सुम्पिएको जनाएको छ।