Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ब्रेक फेल हुँदा दैलेखमा यात्रुवाहक जीप दुर्घटना, ५ जनाको अवस्था गम्भीर

ब्रेक फेल हुँदा दैलेखमा यात्रुवाहक जीप दुर्घटना, ५ जनाको अवस्था गम्भीर

काठमाडौँ । दैलेखमा सोमबार यात्रुवाहक जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

भैरवी गाउँपालिका–७ स्थित कालिगौँडा भित्री सडक खण्डमा सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको सु.प. ०१–००१ च ४९६४ नम्बरको डबल क्याप बोलेरो जीप दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार जीपको ब्रेक अचानक फेल भएपछि चालकले नियन्त्रण गुमाउँदा सवारी साधन सडकबाट करिब ३०० देखि ४०० मिटर तल खसेको थियो।

घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।