Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमाले सांसद ऐनबहादुर महरको आपत्ति, माफी माग्न माग

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमाले सांसद ऐनबहादुर महरको आपत्ति, माफी माग्न माग

काठमाडौँ । नेकपा एमालेका सांसद ऐनबहादुर महरले प्रधानमन्त्रीले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसलाई गैरजिम्मेवार र राष्ट्रहितविपरीत रहेको टिप्पणी गरेका छन्।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको उपस्थिति र प्रस्तुति “छापामार शैलीको” भएको भन्दै आपत्ति जनाए। महरले लोकतान्त्रिक व्यवस्था, संविधान र संसद् सहिदहरूको बलिदान र संघर्षबाट स्थापित भएको स्मरण गराए।

उनले प्रधानमन्त्रीले छिमेकी मुलुकको भूमि मिचिएको भन्ने अभिव्यक्ति हचुवाको आधारमा दिएको आरोप लगाउँदै त्यसलाई संसद्को रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले सदनमै माफी माग्नुपर्ने माग गरे।

सांसद महराले नेपालले कसैको भूमि नमिचेको स्पष्ट पार्दै देशको एक इन्च भूभाग पनि कसैलाई नदिने धारणा दोहोर्याए।