Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सांसद आरेन राईको आपत्ति, माफी माग्न र शब्द फिर्ता लिन माग

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सांसद आरेन राईको आपत्ति, माफी माग्न र शब्द फिर्ता लिन माग

काठमाडौँ । श्रम, संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै उक्त भनाइ फिर्ता लिन र सार्वजनिक रूपमा माफी माग्न माग गरेका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले आफ्नो प्रश्नको जवाफमा तथ्यहीन र मिथ्या अभिव्यक्ति दिएको आरोप लगाए। राईका अनुसार यस्तो भनाइले सदनको गरिमा मात्र होइन, राष्ट्रिय हितमा समेत असर पार्न सक्ने अवस्था सिर्जना भएको छ।

उनले प्रधानमन्त्रीको अभिव्यक्तिले भविष्यमा सीमा विवादसम्बन्धी विषयमा अन्तर्राष्ट्रिय स्तरमै गलत नजिर बस्न सक्ने भन्दै गम्भीर चेतावनी दिए। साथै, यस्ता भनाइ संसद्को रेकर्डबाट मात्र हटाएर नपुग्ने उल्लेख गर्दै औपचारिक रूपमा फिर्ता लिनुपर्ने धारणा राखे।

सांसद राईले प्रधानमन्त्रीलाई सदनमै आएर माफी माग्न र शब्द फिर्ता लिन माग गर्दै सभामुखमार्फत आवश्यक रुलिङ गर्न पनि आग्रह गरे।