Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

दुग्ध क्षेत्रलाई व्यवसायिक रूपमा अघि बढाउन सके राष्ट्रिय अर्थतन्त्रको आधार बन्न सक्छ : मन्त्री गीता चौधरी

दुग्ध क्षेत्रलाई व्यवसायिक रूपमा अघि बढाउन सके राष्ट्रिय अर्थतन्त्रको आधार बन्न सक्छ : मन्त्री गीता चौधरी

काठमाडौँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले दुग्ध क्षेत्रलाई व्यवसायिक रूपमा विकास गर्न सके यसले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिन सक्ने बताएकी छन्।

‘विश्व दूध दिवस २०८३’ का अवसरमा बोल्दै उनले दूध दिवस केवल औपचारिक कार्यक्रम नभई पोषण, स्वास्थ्य, ग्रामीण अर्थतन्त्र, रोजगारी र खाद्य सुरक्षामा दुग्ध क्षेत्रको भूमिका उजागर गर्ने अवसर भएको उल्लेख गरिन्।

मन्त्री चौधरीका अनुसार ग्रामीण क्षेत्रबाट दैनिक करिब ११ लाख ५० हजार लिटर दूध संकलन हुँदै आएको छ, जसबाट दैनिक करिब साढे सात करोड रुपैयाँ बराबरको नगद प्रवाह भइरहेको छ। यसले साना किसान, महिला, युवा तथा सहकारीमार्फत ग्रामीण समुदायको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्‍याएको उनले बताइन्।

उनले दूध, दही, घिउ, मोही र पनिरजस्ता दुग्धजन्य पदार्थले घरायसी पोषण सुरक्षामा समेत ठूलो भूमिका खेलेको उल्लेख गरिन्। साथै, व्यावसायिक पशुपालन विस्तार गर्न सके दुग्ध क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको बलियो आधार बनाउन सकिने सम्भावना रहेको उनको भनाइ छ।

दुग्ध क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय तहसहित निजी क्षेत्र र सरोकारवालाबीच सहकार्य र समन्वय आवश्यक रहेकोमा उनले जोड दिइन्।