Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आजदेखि भारत भ्रमणमा रवि लामिछाने, मोदीसँग पनि भेटवार्ताको सम्भावना

आजदेखि भारत भ्रमणमा रवि लामिछाने, मोदीसँग पनि भेटवार्ताको सम्भावना

काठमाडौँ ।  सत्तारूढ  रास्वपाका सभापति रवि लामिछाने आज भारत भ्रमणमा जाँदै छन्।

भारतको सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीनको निमन्त्रणमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभापति लामिछाने आज भारत जान लागेका हुन् । 

भारत भ्रमण टोलीमा रविसँगै उनकी पत्नी निकिता, पार्टीका सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहोरा र प्रदीप आचार्य पनि हुने छन्। 

रास्वपाले आइतबार राति जारी गरेको विज्ञप्तिअनुसार रविले आज जेठ १८ देखि २२ गतेसम्म भारत भ्रमण गर्नेछन्। 

सभापति लामिछानेले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने जानकारी रास्वपा प्रवक्ता मनीष झाले दिएका छन्। 

साथै रविले भाजपाका शीर्ष नेतासँग छलफल गर्नेछन् भने भारतमा बसोबास गरिरहेका नेपाली र पार्टीका शुभेच्छुकहरूसँग भेटघाट पनि गर्नेछन्। 
स्रोतका अनुसार रविको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ताको सम्भावना छ । 

‘सभापति र भारतीय प्रधानमन्त्रीबीच उच्चस्तरीय भेट हुने सम्भावना छ’ स्रोतले लालिगुराँससँग भन्यो ।

यसैबिच भाजपाले पनि आइतबारै विज्ञप्ति जारी गरी रविको भारत भ्रमणबारे जानकारी गराएको छ।

जसमा रास्वपा प्रतिनिधिमण्डलले भाजपा अध्यक्ष नवीनसहित पार्टीका अन्य वरिष्ठ नेतासँग भेटवार्ता गर्ने उल्लेख छ।

रास्वपा सभापति आज दिउँसो १ बजे भारत प्रस्थान गर्ने कार्यक्रम  छ। 

प्रधानमन्त्री बालेन शाहले संसद्‌मा नेपाल–भारत सीमा विवादबारे अभिव्यक्ति दिएको भोलिपल्टै सत्तारूढ दलका सभापति रवि भारत भ्रमणमा जान लागेका हुन्।  
भारत रहँदा अयोध्या पुग्ने कार्यक्रम पनि छ।