काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सामान्य निमोनियाको संक्रमण भएको पुष्टि भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उनी शनिबार बिहान ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा भर्ना भएका थिए।
अस्पतालका अनुसार उनको अवस्था हाल स्थिर छ र उपचारप्रति सकारात्मक प्रतिक्रिया देखिएको छ। चिकित्सकहरूको निरन्तर निगरानीमा रहेका उनलाई पूर्ण रूपमा निको हुन केही समय लाग्ने भएकाले थप २–३ दिन अस्पतालमै बस्नुपर्ने बताइएको छ।
