Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

लिपुलेक व्यापारिक मार्गबारे नेपालले भारत र चीनलाई पठायो कूटनीतिक नोट

लिपुलेक व्यापारिक मार्गबारे नेपालले भारत र चीनलाई पठायो कूटनीतिक नोट

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेक–लिम्पियाधुरा क्षेत्रमा भारत र चीनले सञ्चालन गरेको व्यापारिक मार्गबारे नेपाल सरकारले दुवै देशलाई कूटनीतिक नोट पठाएको जानकारी दिएका छन्।

प्रतिनिधिसभा बैठकमा एमाले सांसद पद्मा अर्यालको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले उक्त विषयमा नेपालले औपचारिक रूपमा चासो व्यक्त गरेको र दुवै देशबाट जवाफसमेत प्राप्त भइसकेको बताएका हुन्।

प्रधानमन्त्रीका अनुसार सीमा विवाद समाधानका लागि दुवै पक्षका इतिहासविद् र कूटनीतिज्ञहरूलाई सहभागी गराएर संवाद अघि बढाउने समझदारी बनेको छ। उनले यस विषयमा बेलायत सरकारसँग पनि नेपालले चासो राखेको जानकारी दिए।

लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालको दाबी रहेको भूभाग भएकाले उक्त क्षेत्रसँग सम्बन्धित गतिविधिलाई सरकारले कूटनीतिक माध्यमबाट निरन्तर उठाउँदै आएको छ।