टिकटकमा बसेर आदर्शको पाठ सिकाउने तुलसा अधिकारी आफै प्रहरीको फन्दामा परेकी छिन।उनलाई प्रहरीले पक्राउ गरि ललितपुर प्रहरीको हिरासतमा राखिएको छ।लामो समयदेखि मोतिको ब्यापार गर्दै आएकी तुलसा सामाजिक संजालमा निकै भाइरल छिन।पहिलो श्रीमानबाट घरबार राम्रो नभएपछि सिंगल मदरको रुपमा आफुलाई सामाजिक संजालमा चिनाउदै आएकी तुलसाले आफ्नै पुर्व प्रेमीको करोडौ रुपया ठगि गरेको आरोप लागेको छ।
उनले शंकर चिमोरियासंग लामो समय प्रेममा बसी करोडौ रकम ठगेको आरोप लाग्दै आएको छ।उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको कसुरमा मुद्दा दायर गरिएको थियो । जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले चार महिनाअघि तुलसीविरुद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।हनी ट्र्याप अर्थात् आपराधिक लाभ र ठगीको कसुरमा परिवर्तित नाम शंकर चिमोरियाले दिएको जाहेरीको आधारमा अधिकारीविरुद्ध आपराधिक लाभ, ठगी र सम्पत्ति शुद्धीकरण समेतमा मुद्दा दायर गरिएको थियो ।
सामाजिक संजालमा महिलाको घटना आयो भने अगाडी सरेर बोल्ने तुलसा आफै यतिबेला प्रहरीको फन्दामा परेकी हुन्।प्रहरीले लामो समय अनुसन्धान गरि मुद्धा दर्ता गराएको थियो।सोहि मुद्धाको आधारमा उनि पक्राउ परेकी हुन्।तुलसा पटक पटक बिबादमा आइरहने पात्रा पनि हुन्।सामाजिक संजालमा आफै न्यायाधिश शैलीमा देखिने उनि कयौं पटक बिबादमा परेकी हुन्छिन।उनले आफ्नो प्रोफाइल बाट अश्लिल शब्दमा गालि गलौज समेत गर्दै आइरहेकी हुन्छिन।आफुलाई मन नपरेको पात्रा बिरुद्ध उनले सामाजिक संजालबाट गालिगलौज गर्दै अपशब्द समेत बोलेको भिडियोहरु बेला बेलामा भाइरल हुने गरेको छ।
पुर्व पतिको बिषयमा समेत उनले बोलेको भिडियोमा कयौं गालि बर्षिएको थियो। तुलसाले सहमतिमा शारीरिक सम्बन्ध राखेको विषयलाई हतियार बनाई पीडितलाई जबरजस्ती करणीको झुटो मुद्दा हाल्ने धम्की दिँदै करोडौँ रुपैयाँ ठगी गरेको र उक्त रकम नेपाल र चीनमा लगानी गरी संगठितरुपमै सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) समेत गरेको ठहर गर्दै प्रहरी प्रतिवेदनका आधारमा सरकारले अधिकारीविरुद्ध मुद्दा दायर गरेको थियो ।
हनी ट्र्याप अर्थात् आपराधिक लाभ, ठगी र सम्पत्ति शुद्धीकरणको कसुरमा मुख्य प्रतिवादी बनाइएकी टिकटकर नवलपरासीको सुनवल (बर्दघाट सुस्ता पश्चिम) घर भएकी ३२ वर्षीय तुलसा भन्ने तुलसी अधिकारी हुन् । आपराधिक लाभ लिने र संगठितरुपमा ठगी गर्ने कार्यमा संलग्न निलिका भन्ने नेलिका लामिछाने, मुकेश कुमार धानुका, दिल कुमारी लिम्बु र अशोककुमार अग्रवालको संलग्नता रहेको अभियोग पत्रमा उल्लेख छ ।
तुलसीविरुद्ध ठगी, आपराधिक लाभ (एक्सटर्सन), आपराधिक विश्वासघात, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी पाँच कसुरमा अभियोग दायर गरिएको थियो ।
यस मुद्दाकी अर्की प्रतिवादी २८ वर्षीय निलिका (नेलिका) लामिछाने भने प्रहरीले पक्राउ गरी साधारण जमानतमा छाडिसकेको छ । उनीबाहेक अन्य ९ जना (मुकेश कुमार धानुका, दिल कुमारी लिम्बु, अशोक कुमार अग्रवाल, सपना वली, मेघनाथ बस्याल, कानो मामा भन्ने प्रयास पोखरेल, गंगा अधिकारी सुवेदी, तुल्सा कलेक्सन प्रालि र एक फरार प्रतिवादी माथि पनि कारबाहीको माग गरिएको छ ।