काठमाडौँ । भारतबाट उद्दार गरिएका ४५३ जना नेपाली रूपन्देही ल्याइएको छ । बेलहिया नाका हुँदै उनीहरुलाई रुपन्देही ल्याएर जिल्ला प्रहरी कार्यालयमा राखी छानबिन सुरु गरिएको छ ।
उद्दार गरिएका नेपालीलाई आठ वटा भारतीय बसमार्फत् शनिबार मध्यान्ह सुनौली–बेलहिया नाका हुँदै भैरहवा ल्याइएको थियो । उनीहरूलाई हाल जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा राखेर विवरण सङ्कलन, स्क्रिनिङ तथा सोधपुछको काम भइरहेको प्रहरीले जनाएको छ ।
आकर्षक जागिर र उच्च आम्दानीको प्रलोभनमा पारेर नेटवर्किङ व्यवसायको नाममा भारत पुर्याइएका नेपालीमध्ये को पीडित र को यस कार्यमा संलग्न पीडक हुन् भन्ने छुट्याउन प्रहरीले अनुसन्धान थालेको हो ।