काठमाडौँ । सरकारले विदेशी विनिमय सञ्चितिको केही अंश परिचालन गर्ने उद्देश्यले ‘सोभरिन वेल्थ फन्ड’ स्थापना गर्ने नीति अघि सारेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै सञ्चिति सहज अवस्थामा रहेको बेला यस्तो फन्डमार्फत स्रोत उपयोग गरिने बताएका हुन्।
उनका अनुसार वैदेशिक मुद्राको सञ्चिति सन्तोषजनक रहेको अवस्थामा निश्चित प्रतिशत रकम दीर्घकालीन लगानीका लागि प्रयोग गरिनेछ।
यसैगरी सरकारले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा योगदान दिने कम्तीमा १५ जना नेपाली अनुसन्धानकर्तालाई प्रतिष्ठित फेलोसिप प्रदान गर्ने घोषणा पनि गरेको छ।