Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

गैरआवासीय नेपालीलाई धितो बजारमा सहभागी गराउने सरकारको घोषणा

गैरआवासीय नेपालीलाई धितो बजारमा सहभागी गराउने सरकारको घोषणा

काठमाडौँ । सरकारले गैरआवासीय नेपालीलाई धितो बजारमा सहभागी गराउने व्यवस्था गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै लगानी तथा वित्तीय प्रणालीलाई खुला र आकर्षक बनाइने बताएका हुन्।

उनका अनुसार विदेशी लगानी स्वीकृति, लेखांकन, नाफा फिर्ता र पुँजीगत लाभकरसम्बन्धी कानुनी व्यवस्था परिमार्जन गरिनेछ।

यसैगरी विदेशी लगानीकर्ता, अन्तर्राष्ट्रिय संस्था तथा बहुराष्ट्रिय कम्पनीका शाखालाई आवासीय क्षेत्रमा भवन वा सरकारले तोकेको स्थानमा अपार्टमेन्ट अधिकतम २५ प्रतिशत हिस्सासम्म दीर्घकालीन लिजमा लिन सक्ने व्यवस्था गर्ने नीति ल्याइएको छ।

सरकारले वैदेशिक लगानी आकर्षित गर्न विशेष नीति अपनाउने तथा विदेशी लगानी संरक्षण र दोहोरो कर मुक्ति सम्झौता विस्तार गर्ने योजना पनि बजेटमा समावेश गरेको छ।