Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कर्मचारीको तलब सुधारदेखि सार्वजनिक संस्थान सुदृढीकरणसम्म सरकारको बजेट घोषणा

कर्मचारीको तलब सुधारदेखि सार्वजनिक संस्थान सुदृढीकरणसम्म सरकारको बजेट घोषणा

काठमाडौँ । सरकारले निजामती कर्मचारी, नेपाली सेना, प्रहरी तथा शिक्षकको सेवा–सुविधा क्रमिक रूपमा सम्मानजनक बनाउँदै लैजाने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै कर्मचारीहरूको मनोबल उच्च राख्न तलब तथा सुविधामा समयानुकूल सुधार गरिने बताएका हुन्।

यसैगरी सरकारले सार्वजनिक संस्थानहरूलाई थप सुदृढ बनाउने नीति अघि सारेको छ। सरकारी शेयर विनिवेशसम्बन्धी प्रबन्ध पनि विस्तार गर्ने घोषणा गरिएको छ।

अर्थमन्त्री वाग्लेका अनुसार राष्ट्रिय वाणिज्य बैंकमा सरकारको पुँजी वृद्धि गर्ने प्रस्ताव गरिएको छ। साथै राष्ट्रिय जीवन बीमा कम्पनी र विशाल बजार कम्पनीको सेयर सर्वसाधारणका लागि निष्कासन गरिने योजना पनि बजेटमा समावेश गरिएको छ।