Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बजेटअघि अर्थमन्त्री वाग्लेले राष्ट्रपतिलाई दिए जानकारी

बजेटअघि अर्थमन्त्री वाग्लेले राष्ट्रपतिलाई दिए जानकारी

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबारे राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएका छन्।

बिहीबार शीतल निवास पुगेर उनले राजस्व र व्ययको वार्षिक अनुमानसहित आर्थिक सर्वेक्षण २०८२/८३ तथा सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन राष्ट्रपतिलाई हस्तान्तरण गरेका हुन्।

अर्थमन्त्री वाग्लेले शुक्रबार अपराह्न ४ बजे संसद्को संयुक्त बैठकमा सरकारको नयाँ बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। बजेट निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको जनाइएको छ।