काठमाडौँ । सिंहदरबारस्थित ‘हेलो सरकार’ गुनासो व्यवस्थापन डेस्कमा ऋषि जङ्ग थापा कार्यरत रहेका छन्। जेन–जी आन्दोलनमा सक्रिय रूपमा देखिएका उनी हाल नागरिकका गुनासा सुन्ने र सम्बोधन प्रक्रिया अघि बढाउने काममा संलग्न छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरेन्द्र बजगाईंले मिडिया तथा प्रेस व्यवस्थापन सम्हालिरहेका छन् भने विवेक मिश्र प्रधानमन्त्रीको सूचना प्रविधि (IT) सल्लाहकारका रूपमा कार्यरत छन्।
त्यसैगरी शिक्षा क्षेत्र, पूर्वाधार तथा संसदीय भूमिकासँग सम्बन्धित विभिन्न जिम्मेवारीमा पनि युवाको सहभागिता देखिएको उल्लेख छ। सस्मित, सुनिल लम्साल, केपी खनाल, सागर ढकाल र प्रशान्त उप्रेतीजस्ता नामहरू विभिन्न क्षेत्रमा संलग्न रहेको बताइएको छ।
सरकारी संयन्त्रमा युवा सहभागिता बढेसँगै सिंहदरबारभित्र काम गर्ने शैलीमा परिवर्तनको प्रयास देखिएको टिप्पणी गरिएको छ। नयाँ पुस्ताले परम्परागत शैलीभन्दा फरक तरिकाबाट काम गर्न खोजिरहेको र प्रणाली सुधारमा केन्द्रित रहेको दाबी गरिएको छ।
यद्यपि, यस परिवर्तनको प्रभाव र परिणाम समयसँगै स्पष्ट हुने अपेक्षा गरिएको छ।