Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मुद्दा मिलाइदिने भन्दै घुस लिएको आरोपमा प्रहरी हवल्दारविरुद्ध मुद्दा दायर

मुद्दा मिलाइदिने भन्दै घुस लिएको आरोपमा प्रहरी हवल्दारविरुद्ध मुद्दा दायर

काठमाडौँ । लागू औषध सम्बन्धी मुद्दा मिलाइदिने आश्वासन दिएर घुस लिएको आरोपमा कास्कीका प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीविरुद्ध मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार उनी सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका थिए। अनुसन्धानपछि उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाहीका लागि विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको हो।

अनुसन्धानमा क्षेत्रीले लागू औषध मुद्दामा पक्राउ नगरी केस मिलाइदिने र सहजीकरण गरिदिने भन्दै रकम माग गरेको खुलेको आयोगले जनाएको छ।

आयोगले ५० हजार रुपैयाँलाई नै बिगो कायम गर्दै कैद र जरिवानाको मागदाबी गरेको छ।