Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपाल संस्कृत विश्वविद्यालयमा पदाधिकारी नियुक्ति प्रक्रिया सुरु

नेपाल संस्कृत विश्वविद्यालयमा पदाधिकारी नियुक्ति प्रक्रिया सुरु

काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालय का रिक्त पदाधिकारी नियुक्तिका लागि सरकारले प्रक्रिया अघि बढाएको छ। उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव पदका लागि आवेदन खुला गरिएको हो।

छनोट तथा सिफारिस समितिले सूचना जारी गर्दै इच्छुक योग्य व्यक्तिलाई १० दिनभित्र आवेदन दिन आग्रह गरेको छ। आवेदन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइट www.moest.gov.np मार्फत दिन सकिनेछ।

सरकारले नियुक्ति प्रक्रियालाई पारदर्शी, प्रतिस्पर्धी र योग्यता आधारित बनाउन नयाँ कार्यविधि लागू गरेको जनाएको छ। कार्यविधिअनुसार उम्मेदवारको शैक्षिक योग्यता, अनुसन्धान, अनुभव, प्रस्तुतीकरण, अन्तर्वार्ता र चार वर्षे रणनीतिक कार्ययोजनाको मूल्याङ्कन गरिनेछ।

उपकुलपति बन्न विद्यावारिधि उपाधिसहित कम्तीमा १० वर्षको प्राज्ञिक वा अनुसन्धान अनुभव अनिवार्य गरिएको छ। साथै राजनीतिक दलको सदस्य नभएको, उच्च नैतिक चरित्र भएको र शोधपत्र तथा रणनीतिक योजना पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

कुलसचिव पदका लागि संस्कृत भाषा वा साहित्यमा स्नातकोत्तर उपाधि तथा उच्च शिक्षा क्षेत्रमा १० वर्षको अनुभव आवश्यक पर्ने उल्लेख गरिएको छ।